<p><b>पुस १३, काठमाडौँ | </b>नेकपा (माओवादी केन्द्र)का नेता राम कार्कीले पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको प्रतिवेदनमाथि पूरक प्रस्ताव पेस गरेका छन्। नेता कार्कीले पूरक प्रस्तावमा पार्टी निर्वाचन लड्ने र सरकार बनाउने गतिविधिमा बन्धक बन्न नहुने उल्लेख गरेका छन्।<br></p><p>नीति निर्माणमा उत्पीडित हिस्साको सुनिश्चित नभएकाले संघीयता बुख्याँचा हुने खतरा रहेको उनले औँल्याए। कार्कीले भनेका छन्, ‘निर्धन जनप्रतिनिधिहरू करोडौंका गाडीमा सवार भएर न्वारन, पास्नी, जन्मदिन मनाउने आतिथ्य गरुन् भन्ने उद्देश्य हाम्रो कदापि थिएन।’ संघीयताले बजेटको हिस्सा स्थानीय तहमा ल्याएर त्यसको विचरण र अनुगमनको संयन्त्र तयार हुन नसक्दा आधारभूत तहका जनताको निगरानी विकास निर्माणमा कायम नभएकाले संघीयता बुख्याँचा सावित हुने खतरा रहेको उनको भनाइ छ।</p><p>‘संघीयताले बजेटको एउटा हिस्सा स्थानीय तहमा ल्यायो। तर, त्यसको विचरण र अनुगमनको संयन्त्र तयार हुन सकेको छैन,’ कार्कीले भनेका छन्, ‘मजदुर किसान आधारभूत तहका जनताको निगरानी ती विकास निर्माण आदिमा कायम हुन नसक्दासम्म संघीयता जनतालाई पीडा प्रदान गर्ने बुख्याँचा सावित हुनेछ।’ नीति निर्माणमा उत्पीडित हिस्साको सहभागिता सुनिश्चित गराउन संघीयता ल्याए पनि व्यवहारमा त्यसको कार्यान्वयन नभएको कार्कीको मत छ।</p>
माओवादी केन्द्रको महाधिवेशनमा कार्कीको पुरक प्रस्ताव
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

