पढ्न करिब 1 मिनेट लाग्छ

एजेन्सी | म्यानमारमा सरकारविरोधी आन्दोलनमा सहभागी भएको अभियोगमा चर्चित सेलिब्रेटीलाई सेनाको जुन्ता सरकारले जेल सजाय सुनाएको छ। मोडल तथा नायक पाइङ टाकहोनलाई तीन वर्ष जेल सजाय सुनाएको हो।

टाकहोनका लाखौं प्रशंसक छन्। उनले सरकारविरोधी प्रदर्शनमा सक्रीय सहभागीता जनाउनुका साथै सामाजिक सञ्जालमार्फत सरकारको विरोध गर्दै आएका थिए।

निर्वाचनमा व्यापक धाँधली भएको भन्दै गत जनवरीमा सेनाले निर्वाचित सरकारलाई बर्खास्त गरेर सरकारकी नेतृ आङ सान सूचीलाई घरमै नजरबन्दमा राखेको थियो। सत्ता सम्हालेपछि सेनाले विपक्षीको चरम दमन गरेको छ।

अप्रिलमा आठ ओटा ट्रकमा आएका करिव ५० जना सेनाले २४ वर्षीय टाकहोनलाइ घरबाटै पक्राउ गरेको उनकी बहिनीले फेसबुकमा पोस्ट गरेकी छन्।