महाधिवेशनस्थलमै माओवादी केन्द्रको स्थायी कमिटी बैठक

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p><b>पुस १३, काठमाडौँ |</b> नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ। महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा स्थायी कमिटी बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ।<br></p><p>बैठकमा अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगायत स्थायी कमिटी सदस्य छन्। बैठकमा विधानमा व्यवस्था गरिएको पदाधिकारी संख्या, त्यसमा विभिन्न क्लस्टरको सहभागिता, राजनीतिक प्रतिवेदन र संशोधित विधानलगायत बन्दसत्रमा उठेका विषय कसरी प्रभावकारी ढंगले सम्बोधन गर्ने विषयमा छलफल भइरहेको माओवादी पार्टी केन्द्रिय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिएका छन्।</p><p>महाधिवेशनमा प्रचण्डले सोमबार राजनीतिक प्रतिवेदन पेस गरेका थिए। २५ समूह बनाएर उक्त प्रतिवेदनमाथि आजदेखि छलफल भएको छ। माओवादीले राष्ट्रिय सम्मेलन गर्ने भने पनि अन्तिम समयमा आएर आठौं महाधिवेशन गरेको थियो। पुस ११ गतेदेखि महाधिवेशन जारी छ।</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply