पढ्न करिब 1 मिनेट लाग्छ

पुस २७, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाको सबै सार्वजनिक कार्यक्रम रद्द भएका छन् । कोभिड–१९ को ल्याब परीक्षणपछि उनी बालुवाटारमा आइसोलेसनमा बसेका छन् ।

उनी अझै तीन दिन आइसोलेशनमा बस्ने प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले बताए ।

त्यसपछि पनि प्रधानमन्त्री देउवाले सार्वजनिक कार्यक्रमलाई कम प्राथमिकतामा राखेर काम गर्ने तयारी रहेको परियारले बताए ।

‘कोभिड–१९ को संक्रमण बढेको छ । अब प्रधानमन्त्रीले सार्वजनिक भेटघाटलाई प्राथमिकता दिनुहुन्न । सरकारको पूरै ध्यान संक्रमण नियन्त्रणमा केन्द्रित हुन्छ,’ परियारले भने, ‘सरकारको त्यहि रणनीतिअनुसार प्रधानमन्त्रीको तालिका बन्दैछ ।’

प्रेस संयोजक परियारले प्रधानमन्त्री देउवा अझै तीन दिन आइसोलेशनमा बस्ने बताए । त्यसपछि कोभिड परीक्षण गरेर प्रधानमन्त्री देउवा नियमित काममा सक्रिय हुनेछन् ।