2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहको एउटा कदमले नेपालको उत्तरी सीमामा झण्डै पुगेको थियाे अमेरिकी सेना

January 12, 2022

पुस २८, काठमाडौँ | नेपालको उत्तरी सीमामा अमेरिकी सेनालाई दिन लागिएको पहुँच अन्तिममा आएर रद्द गरिएको छ । 

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान लिने/नलिने अन्योलबीच तीव्र विवाद चलिरहँदा अमेरिकी सेनाको उत्तरी सीमामा पहुँच राख्ने प्रस्ताव नेपाल सरकारले इन्कार गरिदिएको हो । 

अमेरिकी सेनाले सशस्त्र प्रहरी बललाई ड्रोनसम्बन्धी तालिम दिने नाममा उत्तरी सीमामा पहुँच राख्ने प्रयास गरेको थियो । जसलाई सरकारले अन्तिममा अस्वीकार गरिदियाे । 

स्रोतका अनुसार, उक्त तालिम सञ्चालन गर्न अमेरिकी सेनाले गरेको प्रस्तावमा नेपालको गृह मन्त्रालयले सहमति जनाएको थियो । दुई देशबीच एउटा ड्रोनलाई २० किलोमिटरसम्मको दूरीमा उडाउने योजना थियो । तालिम १० जनवरीका लागि तय थियाे । 

गृहबाट यससम्बन्धी जानकारी पाएपछि सशस्त्रले पोखरा तालिमस्थल प्रयोग गर्ने तयारी गरेको थियो । सीमामा तालिम गर्दा अमेरिकी ड्रोन चीन पुग्ने भएकाले यस्तो चलाखी गरिएको बताइन्छ । 

तालिमका लागि अमेरिकी सेनाले तयारी थालिसकेकाे थियाे ।

जानकारहरूका अनुसार,  यसलाई अनावश्यक रूपमा चीनसँग जोडेर हेरिने भयका कारणा रोक्ने निर्णय गरिएकाे हाे ।

स्रोतका अनुसार, यसबारे जानकारी पाएपछि परराष्ट्र मन्त्रालयले गृहलाई तालिम नगर्न पत्राचार गरेको थियो । परराष्ट्रको पत्राचारलगत्तै गृहले त्यसलाई स्थगित गरेको हो । तथापि, गृह मन्त्रालयका अधिकारी भने अहिले पनि तालिम उपयोगी भएको तर्क गर्छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक