Skip to content
Friday, July 17, 2026 Nepali Online Media

पछिल्लोपटक गरेका सबै सरुवा रोक्न प्रधानमन्त्री देउवाको निर्देशन

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस २९, काठमाडौँ | </b>प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लोपटक गरिएका सबै कर्मचारीको सरुवा रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् ।<br></p><p>प्रधानमन्त्रीले स्वास्थ्यमन्त्री विरोध खतिवडाले दुई दिनअघि गरेका उच्च अधिकारीहरूको सरुवा रोक्न निर्देशन दिएका हुन् । आज प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्रीले दुई दिनयता गरेका सबै निकायका कर्मचारीको सरुवा तत्काललाई रोक्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।</p><p>बुधबार स्वास्थ्यमन्त्री खतिवडाले मन्त्रालयका १२ तहका कर्मचारीसहित झन्डै एक दर्जन उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका थिए । राष्ट्रियसभा सदस्य निर्वाचनको आचारसंहिता लागू भइसकेको बेला सरुवा गरिएको भन्दै विरोध भएको थियो ।</p>