पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>माघ २, काठमाडौँ |</b> राष्ट्रियसभाको यही माघ ३ गते दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश स्थगन भएको छ। राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ बमोजिम अर्को सूचना नभएसम्मका लागि उक्त बैठक स्थगन भएको संघीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए। यसअघि पुस २७ गते बस्ने भनिएको बैठक स्थगित गरी माघ ३ गतेका लागि बोलाइएको थियो।<br></p><p><br></p>

