रेणु यादव प्रकरणमा काँग्रेस महामन्त्री शर्माले दिए तीन विकल्प

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

माघ ८, काठमाडौँ | गौर नरसंहार दोहोर्‍याउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको सार्वजनिक अभिव्यक्तिप्रति नेपाली काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि आपत्ति प्रकट गरेका छन्। मन्त्री यादवले पदीय मर्यादा विपरीत अभिव्यक्ति दिएको भन्दै शर्माले उनलाई पदमुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन्।

उनले पहिलो विकल्पमा स्वयं मन्त्री यादवले गल्ती स्वीकार गरेर क्षमा याचना गर्नुपर्ने बताएका छन्। यस्तै दोस्रो विकल्पमा सम्बन्धित दलले पहलकदमी लिएर राजीनामा दिन लगाउनुपर्ने बताएका छन्। शर्माले पदीय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीले मन्त्री यादवलाई पदमुक्त गर्नुपर्ने विकल्प लाई तेस्रो नम्बरमा राखेका हुन्।

उनले राज्यको जिम्मेवारीमा बस्नेहरूको अभिव्यक्ति र व्यवहार तुलनात्मक रूपले बढी जिम्मेवार हुनुपर्ने बताउँदै हिंसा भड्कावको अभिव्यक्ति जोसुकैबाट भए पनि स्वीकार्य हुन नहुने बताएका छन्। ‘विगतको हिंसा देशका लागि गम्भीर पाठ बन्नुपर्छ, रोमान्सको अभिव्यक्ति बन्नुहुन्न,’ शर्माले भनेका छन्।

मन्त्री यादवले केही दिनअघि मधेसको एक कार्यक्रममा फेरि गौर हत्याकाण्ड जस्तै अर्को घटना हुने बताएकी थिइन्। जनमत पार्टीका अध्यक्ष सीके राउतलाई लक्षित गर्दै उनले फेरि त्यस्तै हत्याकाण्ड हुनसक्ने चेतावनी दिएकी थिइन्। उक्त अभिव्यक्तिलाई लिएर सर्वत्र निन्दा भइरहेको छ। सर्वत्र आलोचना भइरहँदासमेत सरकारले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन। मन्त्री यादवकै दल जनता समाजवादी पार्टी पनि बेखबर जस्तै छ।

रौतहटको गौरमा २०६३ चैत ७ मा तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताको आक्रमणबाट माओवादीका २७ कार्यकर्ताको ज्यान गएको थियो। घटनाको अनुसन्धान फाइल राजनीतिक दबाब र प्रभावमा अघि नबढाइँदा आरोपित कानुनी दायरामै आएनन्।

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply