पढ्न करिब 1 मिनेट लाग्छ

माघ ८, काठमाडौँ | नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी वैशाखमा स्थानीय तहको चुनाव नगर्दा स्थानीय तह प्रभावित हुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत पोखरेलले समयमा चुनाव नभए नेपाली विशेषताको संघियताको मूल मर्ममाथि प्रहार हुने बताए।

उनले मुलुक पुनः केन्द्रीकृत अभ्यासतर्फ फर्कने खतरा समेत औँल्याए। समयमा चुनाव नगराउनु सार्वभौम संसदले बनाएको कानुनको उलंघन हुने पोखरेलको टिप्पणी छ। पोखरेलले समयमा स्थानीय तहको चुनाव नभए स्थानीय तहको बजेट प्रस्तुत गर्न र पारित गर्न नसकिने बताएका छन्।

उनले सञ्चित कोषबाट रकम खर्च गर्न नसकिने, शिक्षक, कर्मचारीको तलब रोकिने, बहुवर्षिय क्रमागत विकास आयोजनाका काम रोकिन जाने र कुनै पनि नयाँ विकास निर्माण र सेवा प्रवाहका काम गर्न नपाइने उनको विश्लेषण छ।