Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

राष्ट्रियसभा निर्वाचन : मतदान सुरु

By kit 8 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

माघ १२, काठमाडौँ | राष्ट्रिय सभामा रिक्त रहेका १९ सदस्यका लागि बुधबार बिहान ९ बजदेखि मतदान सुरु भएको छ। देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ।आगामी फागुन २० गते नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले ती रिक्त स्थानका लागि निर्वाचन हुन लागेको हो।

यसैबिच, राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशमा मतदान सुरु भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पहिलो मत खसालेको निर्वाचन कार्यालयले जनाएको छ। लुम्बिनीमा प्रदेशसभा सदस्य ८१ र १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख २१५ गरी २९६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ। लुम्बिनीमा तीन पदका लागि मतदान सुरु भएको हो।

त्यस्तै वाग्मती प्रदेशतर्फ खाली रहेको दुई सिटका लागि हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रमा मतदान प्रक्रिया सुरु भएको छ। ४ बजेपछि मतगणना सुरु गर्ने र ७ बजेभित्र अन्तिम नतीजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ। राष्ट्रियसभा सदस्य बन्न ६ जना उम्मेदवार मैदानमा छन्। सत्तारुढ गठबन्धनका दुई जना, नेकपा एमालेको तर्फबाट २ जना र नेपाल मजदुर किसान पार्टीबाट दुईजना गरी ६ जनाले मनोनयन दर्ता गरेका छन्। गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एस) बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन्। विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ उम्मेदवार छन्।

राष्ट्रिय सभा निर्वाचनमा वाग्मतीमा ३ सय ४६ मतदाता रहेका छन्। मतदातामा प्रदेशका ११९ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३७ रहेका छन्। निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको मतभार १८ हुन्छ। जसअनुसार निर्वाचनमा १०९ जना प्रदेश सभा सदस्यको ५ हजार २३२ मतभार रहेको छ भने स्थानीय तहका २३७ जना प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको ४ हजार २६६ मतभार रहेको छ।

जसअनुसार वाग्मतीमा कुल ३४६ जना मतदाताको ९ हजार ४९८ मतभार गणना हुनेछ। यसैबीच राष्ट्रिय सभाको निर्वाचनका लागि गण्डकी प्रदेशमा अहिले बिहान ९ बजेदेखि मतदान सुरु भएको छ। ३ सदस्यका लागि सत्तापक्षीय गठबन्धन र एमालेका गरी ६ जनाले उम्मेदवारी दिएका छन्।

प्रदेश निर्वाचन कार्यालय हातामा मतदान सुरु भएको प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले बताए। गठबन्धनबाट महिला कोटामा कांग्रेसकी कमला पन्त, अन्य र दलित कोटाबाट माओवादी केन्द्रका सुरेश आले र भुवनबहादुर सुनारको उम्मेदवारी छन्।

यसैगरी एमालेका तर्फबाट अन्य कोटामा पुण्यप्रसाद पौडेल, महिलामा लीला पोखरेल थनेत र दलिततर्फ अर्जुनकुमार सुनाम उम्मेदवारी रहेको छ। निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एस गरी ५ दलिय गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुन लागेको हो ।

अन्य समूहबाट निर्वाचित माओवादी केन्द्रका दिनानाथ शर्मा (बागलुङ), दलित समूहका खिमकुमार विक ९स्याङजा० र नेकपा एसकी शान्तिकुमारी अधिकारी जिसी (महिला समूहबाट बागलुङ) को ४ वर्षे कार्यकाल सकिन लागेकाले निर्वाचन हुन लागेको हो।

गण्डकी प्रदेशमा ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ सय ७० र प्रदेशसभाका ५९ सांसद मतदाता छन्। ६० सदस्यीय प्रदेशसभामा एकजना राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाइ पार्टीले कारबाही गरेपछि ५९ जना रहेका हुन्। प्रदेश सांसदको एकमत बराबर ४८ मतभार र स्थानीय तहका प्रमुख र उपप्रमुखको एकमत बराबर १८ मतभार कायम गरिएको छ।

प्रदेशसभामा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका २र२ जना र एकजना स्वतन्त्र सांसद छन्। यसैगरी स्थानीय तहमा कांग्रेसका ८३, एमालेका ६९, माओवादी केन्द्रका १२, राजमोका ३, राप्रपाका २ र नेकपा एसका १ मतदाता छन्।