<p>माघ २४, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार (आज) दिउँसो तीन बजे मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।<br></p><p>आज बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिएको बुझिएको छ। निर्वाचन आयोगले आगमी जेठ ४ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सिफारिस गरेको थियो।</p><p>यस्तै, आइतबार बसेको सत्तारुढ दल नेपाली कांग्रेस, र नेकपा माअेवादीसहित प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका थिए।</p>
