<p>फागुन ४, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । आज बिहान बसेको माओवादी संसदीय दलको बैठक सकिएलगत्तै उनी प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।<br></p><p>दलको बैठकले आज बस्ने संसदमा एमसीसी जबरजस्ती टेबुल गरिए विपक्षमा मतदान गर्ने, दलहरुबीच हुनुपर्ने र नभए सरकारबाट बाहिरिने निर्णय गरेको छ । पार्टीले गरेको सो निर्णय सुनाउन प्रचण्ड बालुवाटार पुगेका हुन् ।</p><p>एमसीसीको विषयलाई लिएर सत्ता साझेदार दलहरुबीच नै विवाद उत्पन्न भएको छ । नेपाली कांग्रेसबाहेक अन्य सबै दलहरु एमसीसीको विरोधमा उत्रिएका छन् ।</p>
एमसीसीबारे पार्टीले गरेको निर्णय सुनाउन प्रचण्ड पुगे बालुवाटार
Leave a Comment

