2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्ववियु निर्वाचनः १३ वर्षदेखि नियमति हुन सकेन

फागुन ६, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा विगत एक दशकदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन सकेको छैन । प्रत्येक दुई/दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुन सकेको छैन । 

पञ्चायतकाल, सशस्त्र द्वन्द्व, राजाको प्रत्यक्ष शासनकालमा  पनि नियमित हुँदै आएकोमा अहिले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि भने स्ववियु निर्वाचन १३ वर्षदेखि हुन सकेको छैन । गणतन्त्र स्थापना भएपछि एक पटक मात्र भएको निर्वाचन त्यसपछि भने नियमित हुन नसकेको हो । 

त्रिविले शैक्षिक क्यालेण्डरमा नै हरेक दुई वर्षमा फागुन १४ गते स्ववियु निर्वाचनको कार्यतालिका राखेर निर्वाचन गराउँदै आएको थियो । विसं २०६५ सम्म नियमित हुँदै आएको निर्वाचन अहिले भने रोकिएको छ । विसं २०६५ पछि एकै पटक आठ वर्षपछि २०७३ चैत १५ गते भएको थियो । २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि नियमति स्ववियु निर्वाचन भएको छैन । पछिल्लो पटक उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि पहिलो पटक २०७३ सालमा त्रिविले स्ववियु निर्वाचन गराए पनि आंशिकरुपमा केही क्याम्पसमा मात्र भएको थियो तर त्यसपछि यता पटक–पटक त्रिविले स्ववियु निर्वाचन घोषणा गरे पनि हुन सकेको छैन । 

अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले आफ्नो सङ्गठन स्ववियु निर्वाचनका लागि तयार रहेको बताउनुभयो । उहाँले अहिले फागुन १४ गते हुन नसके पनि चैतमा चुनाव गर्नुपर्ने बताउनुभयो । “नेपालको शैक्षिक नीति परिवर्तनका लागि मुख्य भूमिका खेल्ने स्ववियु अहिले क्याम्पसमा रहेको छैन”, उहाँले भन्नुभयो, “नेपालको विद्यार्थी आन्दोलनलाई रक्षा गर्ने स्ववियुको निर्वाचन चाँडै तोक्नुपर्दछ ।”

उहाँले त्रिविलाई स्ववियु निर्वाचनको मिति तोक्नसमेत आग्रह गर्नुभयो । “त्रिविले स्ववियु निर्वाचनका सम्बन्धमा चाँडै नै विद्यार्थी सङ्गठनबीच छलफल गरेर मिति तोक्नुपर्दछ”, उहाँले भन्नुभयो, “हामी  विद्यार्थी सङ्गठन पनि असहमतिका बाबजुद सहमति खोजेर लामो समयदेखि हुन नसकेको निर्वाचन गर्नु पक्षमा छौं ।”

नेपाल विद्याथी सङ्घका नेता बलदेव तिमिल्सेनाले त्रिविले चाँडै निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताउनुभयो । उहाँले त्रिविका पदाधिकारीको गैरजिम्मेवारीपन कार्यले निर्वाचन हुन नसकेको बताउनुभयो । “हामीले निर्वाचन कार्यतालिका तत्काल प्रकाशन गर्न दवाव दिएका छौँ”, उहाँले भन्नुभयो, “यदि एक हप्ताभित्र निर्वाचनको तालिका प्रकाशन नगरे हामी त्रिविका विरुद्ध निर्वाचन गर्न दबाब दिँदै सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्दछौँ ।”

उमेर हदबन्दी र मिश्रित प्रणाली मान्छौँ

उहाँले उमेर हदबन्दी र निर्वाचन प्रणालीको कारणले स्ववियु निर्वाचन प्रभावित भएको हुन सक्ने बताउनुभयो । उहाँले आफ्नो सङ्गठन उमेर हदबन्दी र प्रणालीमा लचकता अपनाउने बताउनुभयो । “उमेर हदबन्दी र प्रणालीप्रति हाम्रो अझै असहमति छ”, उहाँले भन्नुभयो, “तर निर्वाचनका लागि भने ३० वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमा हामी सहमति गरेर जान्छौ । हाम्रै कारणले निर्वाचन हामी रोक्दैनौँ ।” उहाँले त्रिवि सभा र क्याम्पस व्यवस्थापन समितिमा विद्यार्थीको भावना प्रतिनिधित्व गर्दै स्ववियुका पदाधिकारी जाने गर्दथ्ये”, उहाँले भन्नुभयो, “तर अहिले विगत १३ वर्षदेखि स्ववियुका प्रतिनिधित्व हुन सकेको छैन ।”

अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले स्ववियु निर्वाचनका लागि आफ्नो सङ्गठन तयार रहेको बताउनुभयो । 

उहाँले आफूहरुले स्ववियु निर्वाचनको मिति तत्काल तोक्न त्रिवि पदाधिकारीसँग आग्रह गरिसकेको समेत बताउनुभयो । उहाँले तत्काल स्ववियु निर्वाचनको मिति नतोके आन्दोलनका कार्यक्रम पनि गर्ने जानकारी दिनुभयो । अध्यक्ष सिंहले केही विद्यार्थी सङ्गठन हार्ने डरका कारण पनि निर्वाचनबाट भागेको हुन सक्ने बताउनुभयो । 

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले हाम्रो सङ्गठन तयार रहेको बताउनुभयो । उहाँले स्ववियुको गरिमा बढाउनका लागि निर्वाचन आवश्यक रहेको बताउनुभयो । “राजाको प्रत्यक्ष शासनकालमा पनि भएको निर्वाचन आज लोकतान्त्रिक गणन्त्रको शासनमा नहुन दुःखद् हुनु हो”, उहाँले भन्नुभयो, “त्रिविले चाँडै नै स्ववियु निर्वाचनको मिति घोषणा गरोस् ।”

स्ववियु निर्वाचन मिश्रित निर्वाचन प्रणालीमा रहेको छ । सभापति, सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन तथा उपसभापति र सहसचिव समानुपातिक र ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुन्छन् । अनेरास्ववियुका अध्यक्ष पराजुलीले स्ववियु निर्वाचन गर्नका लगि त्रिविले पहलकदमी लिनुपर्ने बताउनुभयो । 

त्रिवि सभाका निवर्तमान सिनेटर तथा आरआर क्याम्पसका निर्वतमान सभापति तपेन्द्र शाहीले स्ववियु निर्वाचन नहुनेमा विद्यार्थी सङ्गठन र त्रिवि पदाधिकारी नै दोषी रहेको बताउनुभयो । “त्रिविका पदाधिकारी पनि स्ववियु निर्वाचन गर्न जोखिम लिँदैनन्”, उहाँले भन्नुभयो,  “विद्यार्थी सङ्गठन आफू हार्ने डरले निर्वाचनमा सहभागी नभएर विभिन्न आन्दोलन गरि निर्वाचन भाड्ने काम गर्दछन् ।” उहाँले स्ववियु निर्वाचन नहुँदा त्रिविमा विभिन्न नाममा विद्यार्थी सङ्गठनले अराजकता मच्चाइरहेको समेत बताउनुभयो । 

स्ववियु निर्वाचन गर्न आतुर

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले स्ववियु निर्वाचन गर्नबारे प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग परामर्श भइरहेको बताउनुभयो । “लामो समय स्ववियु निर्वाचन नभएकाले सरकारसँग हामी परामर्श गरिरहेका छाँै”, उहाँले भन्नुभयो । 

उहाँले त्रिवि पनि स्ववियु निर्वाचन गर्न आतुर रहेको बताउनुभयो । “विद्यार्थीको आधिकारिक नेतृत्व नहुँदा त्रिवि र क्याम्पसको नीति निर्माण र व्यवस्थापनमा समस्या आइरहेको छ”, उहाँले भन्नुभयो, “त्यसैले हामी जतिसक्दो चाँडो निर्वाचन गर्न आतुर छाँै ।” निर्देशनालयका निर्देशक अधिकारीले स्ववियु निर्वाचनका सम्बन्धमा विद्यार्थी सङ्गठनसँग पनि निरन्तर छलफल गरिरहेको बताउनुभयो । उहाँका अनुसार २०१९ सालबाट त्रिविमा विद्यार्थीको प्रतिनिधित्व हुँदै आएको थियो । 

अनेरास्ववियुका महासचिव समिक वडालले स्ववियु निर्वाचन गर्नका लागि आफ्नो सङ्गठनले स्ववियु निर्वाचन परिचालन विभागसमेत गठन गरेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ