2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको छ- प्रचण्ड

फागुन ११, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डले अहिले नेपालमा क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको टिप्पणी गरेका छन् ।

अध्यक्ष प्रचण्डले विश्व इतिहासलाई नेपालसँग जोड्दै हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दुर कोशिस गर्ने बताएका छन् । 

अध्यक्ष प्रचण्डको अफिसियल फेसबुक पेजमा एक कभर फोटो सेयर गर्दै प्रचण्डले लेखेका छन्, ‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दुर कोशिस गर्छन् । अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको छ ।’

अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदमा टेबल भएपछि सत्ता गठबन्धन धर्मराइरहँदा प्रचण्डले आफूहरूविरुद्ध कैयन षडयन्त्र रचिएको बताएका छन् । 

उनले भनेका छन्, ‘उनीहरूले कैयन षडयन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर, हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं ।’

अध्यक्ष प्रचण्ड बेला बेलामा क्रान्ति र प्रतिक्रान्ति शब्दहरू जोडेर अर्थपूर्ण अभिव्यक्ति दिइरहेका हुन्छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा कांग्रेससँगको गठबन्धन जोगाउन माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूको दौडधुप छ । 

उता, प्रधानमन्त्री ओली जसरी पनि अब बस्ने संसदबाट एमसिसी पास गराउने रणनीति स्वरूप भेटघाट तीव्र बनाएका छन् । 

प्रधानमन्त्री देउवालाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली हिजोमात्रै बालुवाटार पुगेका थिए । बालुवाटारमा भएको छलफलमा एमसिसी पास गर्न देउवाले सघाउन आग्रह गरेको एमाले नेताहरूले बताएका थिए । 

यद्यपि आफूहरूको माग सम्बोधन नभई कुनै सहयोग नगर्ने ओलीका स्वकीय सचिव रामशरण बजगाईंले बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ