Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

गगन थापालाई ‘ट्युसन’ पढाउन सक्छु- कर्ण मल्ल

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख १५, डडेल्धुरा | सुदूरपश्चिम प्रदेशसभाका पूर्व सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई ‘ट्युसन’ पढाउने सक्ने बताएका छन्।  बिहीबार जिल्ला सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उनले बिपीले स्थापन गरेको घोषणापत्र र अहिलेको घोषणापत्र कहाँ मिल्छ भनेर थापालाई ट्युसन पढाउने सक्ने बताएका हुन्।

उनले नेपाली कांग्रेससँग बिपी कोइरालाले स्थापना गरेको मेनिफस्टो अर्थात घोषणापत्र नै नभएको बताए। काठमाडौंमा आयोजित एक कार्यक्रममा  महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई बालकोट नै पुगेर ट्युसन पढाउनुपर्ने बताएका थिए।

‘कांग्रेस यस्तो पार्टी हो, जोसँग बिपी कोइरालाले स्थापना गरेको मेनिफस्टो नै छैन । केपी ओलीलाई बालकोटमा गएर ट्युसन पढाउँछु भन्ने महामन्त्रीजीलाई म ट्युसन पढाउन सक्छु,’ मल्लले भने ।

उनले बिपीले स्थापना गरेको मेनिफस्टो र अहिलेको मेनिफस्टो मिल्छ? भनेर थापालाई ट्युसन पढाउन र बहस गर्न सक्ने दाबी गरे।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रूपमा सातौं जिल्ला अधिवेशन तथा १४औं महाधिवेशन गरेको भन्दै मल्ल लामो समयदेखि रूष्ट थिए।

आसन्न स्थानीय तहको निर्वाचनमा उनले नेपाली कांग्रेस बिपीबाट चुनाव लड्ने भन्दै एमालेसँग गठबन्धन गरेपछि कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी उनलाई कारबाही गरिएको थियो।