पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख १७, काठमाडौं । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ । आयोगले शनिबार जिल्लागत नमून मतपत्र सार्वजनिक गरेको हो । आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको नमूना मतपत्र सार्वजनिक गरेको छैन । यस्तै, विराटनगर, वीरगञ्ज र भरतपुरको नमूना मतपत्र पनि सार्वजनिक गरेको छैन ।

६ ओटा महानगरपालिका र भक्तपुरमा पछि मतपत्र छाप्ने आयोगले जनाएको छ । अन्तिम नामावली प्रकाशन गरेपछि मात्र छपाइ गरेर ढुवानी गर्ने तयारी आयोगको छ ।

नमूना मतपत्रका लागि यहाँ क्लिक गर्नुस्