2026-06-16 03:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्ना कुरा प्रष्ट राख्ने कुराले कसैको चरित्र हत्या र मानहानी हुने भन्न मिल्दैन- केशव स्थापित

वैशाख २२, काठमाडौं | नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा मेयर उम्मेदवार रहेका केशव स्थापितले निर्वाचन आयोगलाई स्पष्टीकरण बुझाएका छन्। एक सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्यक्तिप्रति आयोगले २४ घन्टाभित्र स्पष्ट पार्न भनेको थियो।

स्थापितले वैशाख १५ गते भएको कार्यक्रममा एक प्रश्नकर्तालाई ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए।

त्यही कार्यक्रममा उनले ती प्रश्नकर्तातर्फ लक्षित गर्दै यो पनि भनेका थिए, 'के आधारमा प्रश्न गर्नुभयो यी बहिनीले? म पनि यी बहिनीले वेश्यावृत्ति गर्छ भनेर छपाइदिऊँ?’

महिलालाई दुरूत्साहन हुने अभिव्यक्ति दिएपछि आयोगले स्थापितसँग स्पष्टीकरण सोधेको थियो।

यस्तै स्थापितले मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहप्रति दिएको अभिव्यक्तिमा पनि आयोगले प्रष्ट पार्न भनेको थियो।

स्थापितले बालेनप्रति टिप्पणी गर्दै परिचय नखोल्ने अन्तर्राष्ट्रिय ठग भनेका थिए। वैशाख १८ मा स्थापितले बालेनमाथि दिएको अभिव्यक्तिपछि आयोगले उनलाई स्पष्टीकरण दिन भनेको थियो।

‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ। यो त अन्तर्राष्ट्रिय ठग रहेछ। युवाहरूले सुनौं है, मसँग परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको, म पहाडिया ठकुरी भन्छ क्या। हिजो के कुरा खुल्यो भने मधेशतिरको साह रहेछ हेर्नुस् न। सुरूवातमै ठग कुरा गर्ने यहाँ ल्यायो भने के हालत हुन्छ?’ स्थापितले भनेका थिए।

यी दुई उजुरीमाथि स्थापितले आयोगमा स्पष्टीकरण पठाएका छन्। आयोग स्रोतले दिएको जानकारीअनुसार स्थापितले आफ्ना कुरा प्रष्टसँग राख्ने क्रममा आफूका कुराले कसैमाथि मानहानी भएको भन्न नमिल्ने जवाफ पठाएका छन्।

‘आफ्ना कुरा प्रष्ट राख्ने क्रममा मैले बोलेका कुराले कसैको चरित्र हत्या र मानहानी हुने भन्न मिल्दैन’ स्थापितले स्पष्टीकरणमा लेखेका कुरा उद्धृत गर्दै स्रोतले भन्यो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई