Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँच दलीय गठबन्धनले बागी उम्मेदवारको उम्मेदवारी निष्कृय गराउने

२०७९, २३ बैशाख शुक्रबार ०९:२१

वैशाख २३, काठमाडौँ | पाँच दलीय गठबन्धनले बागी उम्मेदवारहरूको उम्मेदवारी निष्कृय गराउने भएका छन् । गठबन्धनभित्रकै दलबाट बागी उम्मेदवारी दिएका उम्मेदवारहरूको उम्मेदवारी सम्बन्धित दलले निष्कृय गराउने निर्णय पाँच दलीय गठबन्धनको सचिवालय बैठकले गरेको छ । 

स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालयको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सचिवालय बैठकले स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र सौहार्द्र तवरले सम्पन्न गराउनका लागि गठबन्धनमा रहेका सबै राजनैतिक दलबीच आपसी समन्वय र समझदारीका आधारमा अगाडि बढाउन प्रतिवद्ध रहने निर्णय गरेको छ । 

त्यस्तै गठबन्धनमा रहेका दलहरुबीच आपसी समझदारीमा दिइएका उम्मेदवार विरुद्ध गठबन्धनभित्रैका दलबाट दर्ता भएका उम्मेदवारी तत्काल निष्कृय गराउन आवश्यक पहल गर्न सम्बन्धित दलको नेतृत्व समक्ष आग्रह गर्ने निर्णय समेत सचिवालय बैठकले गरेको हो । यस्ता उम्मेदवारकाबारे हरेक दलले एक अर्कालाई जानकारी गराउनुपर्ने छ । 

स्थानीय तह निर्वाचनका क्रममा विभिन्न पालिकाहरूमा गठबन्धनका दलहरू बीचमा असमझदारी सिर्जना भएमा आपासी समन्वयमा समस्यालाई तत्काल समाधान गर्न सचिवालय क्रियाशील रहने निर्णय समेत गरिएको छ ।

त्यस्तै स्थानीय तह निर्वाचनका क्रममा विभिन्न पालिकाहरूमा गठबन्धन दल बाहेक अन्य राजनैतिक दलहरुसँग असहमति वा असझदारी उत्पन्न भएको परिस्थितिमा गठबन्धनमा रहेका दलहरूबीच मतैक्यता कायम गरी समस्या समाधान गर्न सचिवालय क्रियाशील रहनेछ । 

सचिवालय संयोजक एवं केन्द्रीय सदस्य नानु बास्तोलाको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्रबाट डोरप्रसाद उपाध्याय, नेकपा एकीकृत समाजवादीका लक्ष्मण केसी, जनता समाजवादी पार्टीबाट लालबहादुर तामाङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरीको उपस्थिति रहेको थियो । 

पाँच दलीय गठबन्धनको यसअघिको बैठकले बागी उम्मेदवारलाई सम्बन्धित पार्टीले कारवाही गर्ने निर्णय गरेको थियो । बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिने बागीलाई सम्बन्धित पार्टीले कारवाही गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना