Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चुनावी कमान्डर बनेर खटिँदै लिङ्देन

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख २४, काठमाडौं | राजसंस्था र हिन्दु धर्मको एजेन्डा बोकेर चुनावी अभियानमा निस्किएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आज कास्कीको पोखरा जाँदैछन् ।

पोखरामा दिउँसो हुने चुनावी सभालाई लिङ्देनले सम्बोधन गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।  लिङ्देन पोखराको कार्यक्रमपछि भने नेपालगञ्ज जानेछन् ।

स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा माहोल बनाउन उनी आफैं चुनावी कमान्डर बनेर खटिएका हुन् । उनले राप्रपाको शक्ति निर्वाचनमार्फत प्रकट हुने बताउँदै आएका छन् ।

पार्टीको पक्षमा जनमत देखिएको भन्दै एक्लै निर्वाचन लडेर २०७४ सालमा भन्दा धेरै स्थानीय तहमा निर्वाचन जितिने पनि उनको दाबी छ ।

तर, उनको पार्टी विभाजित छ । गएको माघमा पार्टीको लामो समय नेतृत्व गरेका नेता कमल थापा अलग भए ।  हाल थापा नेतृत्वको दल राप्रपा नेपाल एमालेसँगको तालमेलमा छ ।