पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख २५, काठमाडौं | ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले १७ जिल्लामा केन्द्रीय अनुगमन टोली खटाएको छ ।

तुलनात्मकरूपमा बढी मतदाता भएका र सुरक्षालगायतका दृष्टिले संवेदनशील मानिएका ती जिल्लामा केन्द्रबाट नै सहसचिवको नेतृत्वमा टोली खटिएको हो ।

यो टोलीले उम्मेदवारको खर्चको सीमा, आचाारसंहिताको पालना, मौन अवधिमा आचारसंहिताको पालना, निर्वाचनको विश्वसनीयता र स्वच्छता विषयमा अनुगमनको जिम्मेवारी पाएको छ ।

खटाइएका टोलीलाई शनिबार कान्तिपथस्थित आयोगमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहीत र विश्वसनीयरुपमा सम्पन्न गर्ने सन्दर्भमा कुनै आग्रह-पूर्वाग्रह नराखी ऐन, कानुनबमोजिम प्रभावकारी अनुगमन गर्न निर्देशन दिए ।