Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रेणु दाहालप्रति भरतपुरको मेयरमा एमालेका उम्मेदवारको कटाक्ष– शिलान्यास गरेर पुरा गरेको परियोजा एउटै छ

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख २५, चितवन | भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले भरतपुरको मेयर बनेपछि रेणु दाहालले एउटै परियोजनालाई पूर्णता दिन नसकेको आरोप लगाएका छन् ।

भरतपुरमा आइतबार आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उनले भरतपुरको व्यवस्थित विकास गर्नबाट दाहाल चुकेको समेत बताए ।

‘भरतपुरमा व्यवस्थीत विकासको सुरुवात भएन । महानगर प्रमुख (रेणु दाहाल)ले आफैले शिलान्यास गरेर पुरा गरेको परियोजना एउटा पनि छैन । केही परियोजना शिलान्यास भएको छ तर व्यवस्थित छैन,’ सुवेदीले भने ।

भरतपुर क्षेत्रमा एकसाथ विकास गर्नुपर्ने उनले बताउ । बसोबास बढ्दै जाँदा भरतपुर टुक्रिदै गएकोमा उनले चिन्ता व्यक्त गरे । व्यवस्थित योजना बिना विकास अघि बढाउँदा भोलीका दिनमा काठमाडौंले भोगेको नियती भरतपुरले भोग्नुपर्ने उनले जनाए ।

‘अब हामीले ५० वर्ष पछिको सोचेर भरतपुरको व्यवस्थित विकास गर्नुपर्छ । भरतपुरलाई सुरक्षित सहर बनाउनु पर्छ । नेपालको नमुना सहर बनाउन सकिन्छ,’ उनले भने ।

आफूले जिते भरतपुरवासीले गौरव गर्न लायक भरतपुर बनाउने दाबी उनले गरे ।