वैशाख ३०, काठमाडौँ | निर्वाचन आयोगले आज देशभर भइरहेको स्थानीय निर्वाचनमा अपरान्ह १२ बजेसम्म सात जिल्लाका केही स्थानमा मतदान कार्य अवरुद्ध भएको जनाएको छ ।

आयोगका अनुसार दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको हो ।

अवरुद्ध भएको मतदान कार्य सूचार गर्ने प्रयास भइरहेको आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

आज देशका ७५३ वटै स्थानीय तहका १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदानकेन्द्रमा विहान ७ बजेदेखि मतदान भइरहेको छ ।

छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको आयोगले विज्ञप्ति मार्फत जनाएको छ ।