Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दिउसो ३ बजे: गठबन्धन ७ स्थानमा जित्दा एमाले ५ स्थानमा बिजयी (अग्रता/जितको स्थिति)

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

वैशाख ३१, काठमाडौँ । स्थानिय तह निर्वाचनको जारी मतगणनाको क्रममा दिउसो ३ बजेसम्म बिभिन्न १२ स्थानिय तहको प्रमुख पदको टुंगो लागेको छ । जसमा गठबन्धनका उम्मेदवारहरुले ७ स्थानमा जित्दा एमालेले ५ स्थानिय निकायमा जित निकालेको छ । पार्टीगत रुपमा एमालेले ५ स्थानमा जित दर्ता गर्दा कांग्रेसले ४, समाजवादीले २ र माओवादी केन्द्रले १ स्थानका प्रमुख पदमा बिजयी भएका छन् ।

त्यस्तै उपप्रमुख पदको मत परिणाम अनुसार गठबन्धनबाट ६ स्थानमा बिजयी बन्दा एमालेले ३ स्थानमा जित हाँशिल गरेको छ । उपप्रमुख पदहरुमा ३/३ स्थानीय निकायमा एमाले र कांग्रेस बिजयी बन्दा माओवादीले २ स्थानमा जित हाँशिल गरेको छ । त्यस्तै १ स्थानमा समाजवादी बिजयी बनेको छ।

अग्रताको अवस्था

मतगणना जारी रही मतपरिणाम आउने क्रम जारी रहँदा हालसम्म बिभिन्न स्थानिय निकाय अन्तर्गत कांग्रेस सबैभन्दा अग्रपंक्तिमा रहेको छ । कांग्रेसले प्रमुख पदको लागि बिभिन्न १३८ स्थानमा अग्रता लिएको छ भने एमालेले ८५ स्थानमा अग्रता लिएको छ । त्यस्तै माओवादी केन्द्रले ६० स्थानमा अग्रता लिंदा एकीकृत समाजवादीले ८ स्थानमा, जसपा नेपालले ५ स्थानमा र लोसपाले १ स्थानमा अग्रता लिएको छ ।

त्यस्तै उपप्रमुख पदमा पनि कांग्रेसले सबैभन्दा बढी स्थानमा अग्रता लिएको छ । कांग्रेसले ११२ स्थानमा अग्रता लिंदा एमालेले ९१ स्थानमा अग्रता लिएको छ । त्यस्तै माओवादीले ४८ स्थानमा अग्रता लिएको छ भने जसपा नेपालले ६ स्थानमा अग्रता लिएको छ । त्यस्तै समाजवादीले भने ४ स्थानमा अग्रता लिदा लोसपाले १ स्थानमा अग्रता लिएको छ ।