पढ्न करिब 1 मिनेट लाग्छ

जेठ १, काठमाडौं | काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता फाराकिलो मतले बढाउदै लगेका छन् । पछिल्लो समय सार्वजनिक भएको मतपरिणामअनुसार बालेनले दुई हजार ८२० मत ल्याएर अग्रस्थानमा छन् ।

उनलाई पछ्याउँदै आएका एमालेका उम्मेदवार केशव स्थापितले एक हजार ५०७ मत ल्याएका छन् । कांग्रेसकी सिर्जना सिंह एक हजार ४४९ मत पाएर तेस्रो स्थानमा छिन् ।

काठमाडौं महानगरको मतगणना निकै ढिलाइ भइरहेको छ । मतगणनामा ढिलाइ भइरहेको भन्दै चौतर्फी गुनासो आएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक मतगणनास्थल थप गरेको छ ।

योसँगै अहिले ६ ठाउँबाट मत गणना भइरहेको छ ।