पढ्न करिब 1 मिनेट लाग्छ
<p style="margin-bottom: 1em;"><b> जेठ ४, काठमाडौँ |</b> काठमाडौं महानगरमा जारी मतगणनामा मेयरका स्वतन्त्र बलेन शाहले अग्रता कायमै राखेका छन् ।<br></p><p>उनले केहीबेरअघि सार्वजनिक मतपरिणाम अनुसार निकटतम प्रतिद्धन्दीसँग मतान्तर बढाउँदै १८ हजार १६ मत प्राप्त गरेका छन् ।</p><p>भने उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ९ हजार ३ सय १९ मत प्राप्त गरेका छन् । यसरी हेर्दा शाह र स्थापितबीच ८ हजार ६ सय ९७ मतको अन्तर देखिएको छ । त्यस्तै गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी सिर्जना सिंहले ८ हजार ३ सय ७२ मत प्राप्त गरेकी छिन् ।</p>

