Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाडौँ महानगरको अब गन्न बाँकी मत कति ? कहिलेसम्म आउँला अन्तिम मतपरिणाम ?

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ ५, काठमाडौँ । </b>काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र रूपमा उम्मदेवारी दिएका बालेन शाहले निरन्तर अग्रता लिईरहेका छन् । रोचक के छ भने हरेक मतगणनाको परिणाम आउँदा उनले पाएको मत एमालेका उम्मेदवार केशव स्थापितको भन्दा दोब्बर हुने क्रम एकै लयमा छ ।&nbsp;<br></p><p>हालसम्मको ताजा मत परिणाम अनुसार बालेन शाहले २२ हजार बढी मत पाई सकेका छन् । शाहले २२ हजार ८४२ मत पाएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११ हजार ७६९ मत पाएका छन् । नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले भने १० हजार ९६८ मत पाएकी छन् ।&nbsp;</p><p>अहिलेसम्म ५८ हजार ८५० मत गणना सकिएको छ । वैशाख ३० गते भएको निर्वाचनमा काठमाडौँ महानगरमा कुल खसेको मत १ लाख ८९ हजार ४२० हो । वैशाख ३१ बिहानबाट मतगणना सुरु भएर आजसम्म आईपुग्दा ५ दिन पुरा भईसकेको छ । मत गणनाको पछिल्ल्लो गति अनुसार २४ घण्टामा १५ हजार मतगणना भईरहेको छ । अब काठमाडौँ महानगरको गन्न बाँकी मतनै १ लाख ३० हजार ५७० रहेको छ । यस हिसाव अनुसार अहिलेकै गतिमा मतगणना हुँदै जाने हो भने अझै काठमाडौँको अन्तिम मत परिणाम आउन ८ देखि ९ दिन लाग्ने देखिन्छ ।&nbsp;</p>