पढ्न करिब 1 मिनेट लाग्छ

जेठ ५, काठमाडौँ । काठमाडौं महानगरकी मेयर उम्मेदवार सिर्जना सिंह मतगणनास्थलमा पुगेकी छन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी कांग्रेसकी सिंह वडा नं. ८ को मतगणना भइरहेका बेला बिहीवार मतगणनास्थल राष्ट्रिय सभा गृह पुगेकी हुन् ।

पछिल्ला मतपरिणाममा तेस्रो स्थानमा रहेकी सिंहको ८ नम्बरमा धेरै भोट आएपछि उनी मतगणनास्थल पुगेको बताइएको छ ।

पछिल्लो मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले २२ हजार ८४२ मत पाएका छन् । दोस्रोमा एमालेका केशव स्थापितले ११ हजार ७६९ मत ल्याएका छन् भने सिंह १० हजार ९८६ मतका साथ तेस्रो स्थानमा छिन् ।