2026-06-20 01:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रत्ननगर नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी, वडामा कसको जित?

जेठ ६, चितवन | रत्ननगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा कांग्रेसका प्रल्हाद सापकोटा निर्वाचित भएका हुन् ।

सापकोटाले निवर्तमान उपमेयर समेत रहेकी एमालेकी विमला दुवाडीलाई आठ हजार ७१ मतअन्तरले पराजित गरेका हुन् । सापकोटाले २० हजार ७९६ मत प्राप्त गर्दा दुवाडीले जम्मा १२ हजार ७२८ मत प्राप्त गरिन् ।

उपमेयरमा भने एमालेका यादव पाठक ११ सय ६० मतान्तरले निर्वाचित भए । पाठकले १३ हजार ५१४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका बद्रीनाथ घिमिरेले १२ हजार ३५४ मत ल्याए ।

रत्ननगर नगरपालिकाका १६ वडामध्ये कांग्रेसले नौ, एमालेले पाँच, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारले एक/एक वडा जितेका छन् । स्वतन्त्र उम्मेदवारले एमाले र समाजवादीका उमेदवारलाई पराजित गरेका हुन् ।


वडागत नतिजा यस्तो छ

रत्ननगर नगरपालिका–१ मा कांग्रेसको प्यानल नै निर्वाचित भयो । वडा अध्यक्षमा कुलप्रसाद सापकोटा निर्वाचित भए । सापकोटाले ९१५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका शालीग्राम पराजुलीले ६८६ मत ल्याए । यस वडामा माओवादी र एकीकृत समाजवादीले पनि उम्मेदवारी दिएको थियो ।

रत्ननगर–२ मा पनि कांग्रेसको प्यानल नै विजयी भयो । वडा अध्यक्षमा राजेन्द्र प्रसाद घिमिरेले ९२९ मत ल्याएर विजयी भए । निकटतम प्रतिस्पर्धी एमालेका कृष्णप्रसाद डोटेलले ६६० मत मात्रै प्राप्त गरे । अध्यक्षमा उम्मेदवारी दिएका माओवादी र समाजवादीका उम्मेदवार पनि पराजित भए ।

रत्ननगर–३ को अध्यक्षमा कांग्रेसका सोहेन्द्र राज खरेलले १५ सय ८९ मत ल्याएर विजयी भए । निकटतम प्रतिस्पर्धी एमालेका गुप्तनाथ भट्टराईले ७८२ मत मात्र प्राप्त गरे ।

रत्ननगर–४ को अध्यक्षमा कांग्रेसका रामकुमार चौधरीको प्यानल नै विजयी भएको छ । चौधरीले ९९० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका रविन्द्र चौधरीले ५५१ मत मात्रै प्राप्त गरे ।

रत्ननगर–५ को अध्यक्षमा कांग्रेसका बालकृष्ण चापागाईं ११ सय २६ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण महतोले ९९८ मत मात्रै प्राप्त गरे ।

रत्ननगर–६ को अध्यक्षमा कांग्रेसका किरण महतो एक हजार १६ मत ल्याएर विजयी भए । निकटतम प्रतिस्पर्धी एमालेका लोकराज भुसालले ४११ मत ल्याए भने माओवादीका टिकारम खनालले २१६ र समाजवादीका गोकर्ण गिरीले २०२ मत ल्याए ।

रत्ननगर–७ मा एमालेको प्यानल नै विजयी भयो । वडा अध्यक्षमा एमालेका सजना महतो ११ सय ५९ मत ल्याएर विजयी भए । निकटतम प्रतिस्पर्धी कांग्रेसका लालबहादुर भट्टले ८२९ मत मात्रै प्राप्त गरे । 

रत्ननगर–८ को अध्यक्षमा कांग्रेसका कृष्ण चौधरी ११ सय ७१ मत ल्याएर विजयी भए । निकटतम प्रतिस्पर्धी एमालेकी गोकर्ण कुमारी महतोले ६५२ मत मात्र प्राप्त गरिन् ।

रत्ननगर–९ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार अनन्त अधिकारीले एक हजार पाँच मत ल्याएर विजयी भए । निकटतम प्रतिस्पर्धी एमालेका घपन बहादुर तमाङले ७७८ र समाजवादीकी सरस्वती लामाले ५७६ मत ल्याइन् ।

रत्ननगर–१० को अध्यक्षमा कांग्रेसकी कलाधर पौडेल १६ सय ३२ मत ल्याएर विजयी भइन् । एमालेका सन्देश पाठकले ९०४ मत मात्र प्राप्त गरे ।

रत्ननगर–११ को अध्यक्षमा एमालेका श्यामकुमार श्रेष्ठ ९२६ मत ल्याएर विजयी भए । कांग्रेसका दिलीपचन्द्र घिमिरेले ८५५ मत ल्याए ।

रत्ननगर–१२ को अध्यक्षमा माओवादी केन्द्रका सुन्दरमणि सुवेदी ११ सय ८४ मत ल्याएर विजयी भए । निकटतम प्रतिस्पर्धी कांग्रेसकी अनिता अर्याल लामिछानेले ९४८ र एमालेका रामशरण नेपालले ५७७ मत ल्याए ।

रत्ननगर–१३ को अध्यक्षमा एमालेका पोटबहादुर घिमिरे १२ सय ७२ मत ल्याएर विजयी भए । निकटतम प्रतिस्पर्धी कांग्रेसका ईश्वरप्रसाद खनालले एक हजार १८ मत मात्र प्राप्त गरे ।

रत्ननगर–१४ को अध्यक्षमा कांग्रेसका होमनाथ रानाभाट एक हजार ५५ मत ल्याएर विजयी भए भने निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका हरिकुमार श्रेष्ठले ९२९ मत मात्रै प्राप्त गरे । 

रत्ननगर–१५ को अध्यक्षमा एमालेका आशिक तमाङ १४ सय ७८ मत ल्याएर निर्वाचित भए । निकटतम प्रतिस्पर्धी कांग्रेसका दण्डपाणी लामिछानेले ९९० मत मात्रै प्राप्त गरे ।

रत्ननगर–१६ को अध्यक्षमा एमालेका हेमराज थापा ९२७ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भए । निकटतम प्रतिस्पर्धी बद्रीप्रसाद अर्यालले ७८२ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ