पढ्न करिब 1 मिनेट लाग्छ

जेठ ६, काठमाडौँ | काठमाडौं महानगरमा जारी मतगणनामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् । ७८ हजार ३६० मत गन्दास्वतन्त्र उम्मेदवार बालेन शाहले २९ हजार ५ सय ८२ मत प्राप्त गरेका छन् ।

बालेनले पाएको मत उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उममेदवार केशव स्थापितको भन्दा १३ हजार ६ सय ६१ मतले बढी हो । यो मतान्तर जारी मत परिणामको हालसम्मकै उच्च मतान्तर हो । स्थापितले अहिलेसम्म १५ हजार ९ सय २१ मत प्राप्त गरेका छन् ।

यसरी हेर्दा शाहले स्थापितसँगको मतान्तर निरन्तर बढाईनै रहेका छन् । त्यस्तै सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १५ हजार १० मत पाएकी छन् ।