पढ्न करिब 1 मिनेट लाग्छ

जेठ ६, काठमाडौँ । काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले ३४ हजार मत कटाएका छन्।

शनिबार दिउँसोको ताजा मतपरिणाम अनुसार उनले ३४ हजार १३० मत पाएका हुन् । उनले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर फराकिलो पार्दै गएका छन् ।

नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले १८ हजार ५४७ मत पाए । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने १८ हजार ४२९ मत पाइन्।

शाह र स्थापितबीच मतान्तर १५ हजार ५८३ छ। यता शाह र सिंहबीच भने १५ हजार ७०१ मतान्तर छ ।

राष्ट्रिय सभा गृहमा वडा नम्बर ७, ९, १०, ११, २४, २५, २६, २७ र ३१ को मतगणना भइरहेको छ।

वडा नम्बर १, २, ३, ४, ५, ६, ८, २८, २९, ३० र ३२ को मतगणना सकिइसकेको छ । हालसम्म ९३ हजार ६४७ मत गनिएको छ ।