Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मलेसिया रोजगार: ‘म्यानपावर कम्पनीहरुलाई आम्दानी र खर्चको विवरण ७ दिनभित्र पेश गर्न विभागको निर्देशन

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ ८, काठमाडौँ ।</b> वैदेशिक रोजगार विभागले नेपाल सरकार र मलेसिया सरकारवीच द्विपक्षीय श्रम सम्झौता भएको मितिदेखि म्यानपावर कम्पनी (इजाजतपत्रवाला संस्था) बाट मलेसिया पठाइएका श्रमिकहरुको रोजगारदाता सहितको विवरण माग गरेको छ । विभागले विहिबार म्यानपावर कम्पनीहरुलाई परिपत्र गर्दै म्यानपावर कम्पनीबाट कामदारहरुलाई मलेसिया पठाउदा रोजगारदाताबाट प्राप्त भएको हवाई टिकट खर्च लगायतका सेवा शुल्कको आम्दानी तथा खर्चको विवरण [email protected] मा ७ दिन उपलब्ध गराउन अनुरोध गरेको हो ।&nbsp;<br></p><p>वैदेशिक रोजगार व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउदै नेपाली कामदारहरुको लागि सुरक्षित श्रम गन्तव्य मुलुकहरुको पहिचानको साथसाथै द्विपक्षीय श्रम सम्झौता गर्ने क्रममा नेपाल सरकार र मलेसिया&nbsp; सरकारबीच सन् २०१८ मा द्विपक्षीय श्रम सम्झौता सम्पन्न भई हाल सम्म कार्यान्वयनको अवस्थामा रहेको छ । द्विपक्षीय सम्झौतामा उल्लिखित प्रावधानहरु बमोजिम मलेशिया जाने नेपाली कामदारहरुलाई आतेजाते हवाई टिकट, भिसा जारी तथा नविकरण दस्तुर, लेवी लगायतका शुल्कहरु रोजगारदातालेनै व्यहोर्ने व्यवस्था विद्यामान छ ।&nbsp;</p><p>गत बैशाख १४ देखि १९ सम्म श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको नेतृत्वमा सम्पन्न मलेसिया भ्रमणको सिलसिलामा रोजगारदाता संस्थाहरुका प्रतिनिधि समेतको उपस्थितिमा भएको द्विपक्षीय छलफलमा मलेसियाबाट&nbsp; कामदारको मागपत्र प्राप्त गर्न नेपाली व्यवसायीहरुवाट अस्वस्थ प्रतिपर्धा हुने गरेको विषयको उठान भएको थियो । व्यवसायीहरुले मागपत्र प्राप्त गर्नको लागी ठूलो रकमको चलखेल भएको भन्ने जानकारी प्राप्त भएकोले सो सम्बन्धमा तथ्यको खोजि गरी वैदेशिक रोजगारीमा भएको वा हुन सक्ने अथितिलाई अन्त्य गरी सुरक्षित, व्यवस्थित र मर्यादित श्रम प्रशासनको व्यवस्थापन गर्ने सन्दर्भमा इजाजतपत्र प्राप्त संस्थाहरुको समेत सहयोग आवश्यक देखिएकोले विवरण माग गरिएको विभागले जनाएको छ ।&nbsp;</p>