Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाडौँ महानगरको ताजा मतपरिणाम: मेयर र उपमेयरमा बालेन र सुनिताको फराकिलो अग्रता

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ ९, काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत ७२६ पालिकाको अन्तिम अन्तिम मत परिणाम आईसक्दा काठमाडौँ महानगर सहित २७ पालिकाको अन्तिम मत परिणाम आउन बाँकी छ ।

ताजा मत परिणाम अनुसार काठमाडौं महानगरपालिकामा मेयर पदको लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले ४३ हजार ८५० मत प्राप्त गरि अग्रता लिई रहेका छन् । उनका प्रतिष्पर्धी गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसकि सिर्जना सिंह २५ हजार ९४४ मत प्राप्त गरेकी छन् । त्यस्तै काठमाडौँ महानगरका मेयरका लागि नेकपा एमालेका उम्मेदवार केशव स्थापित २५ हजार ०५९ मत पाएर तेश्रो स्थानमा छन् ।

काठमाडौँ महानगरमा बालेन्द्र शाहको मत सिंहको भन्दा १७ हजार ९०६ मतले  बढी हो भने सिंह र स्थापित बीच ८८५ मतको अन्तर रहेको छ ।

त्यस्तै काठमाडौँ महानगरपालिकाकै उपमेयर पदको लागि उम्मेदवार नेकपा एमालेबाट सुनिता डंगोलले प्रतिष्पर्धी भन्दा तेब्बर बढी मत ४६ हजार २२१ मत पाउँदा नेकपा एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले १५ हजार ४११ मत पाएका छन् । त्यस्तै राप्रपाकि उम्मेदवार बिनिता मगैयाले ३ हजार ६२३ मत पाएकी छन् ।