पढ्न करिब 1 मिनेट लाग्छ

जेठ १२, काठमाडौँ | नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले संसदमा प्रस्तुत भएको सरकारको वार्षिक नीति तथा कार्यक्रममा सीमा विवाद समाधानका लागि पहल गर्ने उल्लेख रहेको बताएका छन् ।

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै उनले नीति तथा कार्यक्रमको १३९औँ बुँदामा छिमेकी राष्ट्रसँगको सीमा विवाद समाधान गर्ने उल्लेख रहेको जानकारी दिएका हुन् ।

एमाले अध्यक्ष केपी ओलीले लिम्पियाधुरा, कालापानी, लिपुलेकबारे नीति तथा कार्यक्रम मौन बसेको आरोप लगाएका थिए । त्यसपछि बोलेका एमालेका सांसदहरूले पनि नीति तथा कार्यक्रमले सीमा विवादबारे मौन बसेको आरोप लगाए ।

यसपछि छलफलमा सहभागी भएका कांग्रेसका सांसद प्रकाशमान सिंहले नीति तथा कार्यक्रममा सीमा विवाद समाधान गर्ने समेटिएको जानकारी दिए । ‘नीति तथा कार्यक्रमको १३९औँ बुँदामा ऐतिहासिक सन्धि, नक्सा, तथ्यका आधारमा कूटनीतिक माध्यमबाट सीमा सम्बन्धमा बाँकी रहेका विषयमा समाधान गरिनेछ उल्लेख छ,’ उनले भने ।