Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

म पनि ६८ वर्ष पुग्दैछु, तर वृद्धभत्ता लिन्न : बाबुराम भट्टराई

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ १५, काठमाडौं | पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सरकारले बजेटमार्फत वृद्धभत्ताका लागि उमेरहद घटाएको भन्दै असहमति जनाएका छन् ।

आइतबार आगामी आर्थिक वर्षका लागि संसद्‍मा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेस पेस गरेपछि प्रतिक्रिया जनाउँदै पूर्वअर्थमन्त्रीसमेत रहेका भट्टराईले एकीकृत प्रकारको सामाजिक सुरक्षा आउनु पर्नेमा त्यसो हुन नसकेको बताए ।

६८ वर्ष पुग्न लागेको भन्दै उनले आफूले वृद्ध भत्ता नलिने घोषणा गरे ।

'म पनि ६८ वर्ष पुग्दैछु । यो घटाउन आवश्यक थिएन । एकीकृत प्रकारको सामाजिक सुरक्षा आउनु पर्दथ्यो । गरिब देशमा वृद्धभत्ता लिएर बोझ बढाउन चाहान्नँ । म वृद्धभत्ता नलिने घोषणा गर्दछु,' भट्टराईले भने ।

बजेटमा सामान्य सुधारको विषय आए पनि गुणात्मक रुपमा संरचनागत परिवर्तन गर्ने नीतिहरु नआएको उनको भनाइ थियो ।

सरकारले ७० वर्षे उमेरहदलाई घटाएर  ६८ वर्षमा वृद्धभत्ता दिने व्यवस्था गरेको जनाएको छ ।