पढ्न करिब 2 मिनेट लाग्छ

जेठ १९, काठमाडौँ | कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले आगामी आर्थिक वर्षको बजेट निर्माणसहितका विषयमा अर्थमन्त्री जनार्दन शर्मासँग प्रश्न गरेका छन् ।

गत आइतबार अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९÷०८० को १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट संघीय संसदमा प्रस्तुत गरेका थिए ।

गत मंगलबारबाट संघीय संसदको दुवै सदनमा आर्थिक वर्ष २०७९÷०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भइरहेको छ ।

सोही छलफलमा बिहीबार सहभागी हुँदै थापाले बजेटको आकार तथा स्रोत व्यवस्थापनसहितका विषयमा अर्थमन्त्री शर्मासँग प्रश्न गरेका हुन् ।

उनले २० प्रतिशत बजेटको आकार वृद्धि गर्दा कुन तथ्य र तथ्यांकमा आधारित रहेर बढाइएको भन्दै प्रश्न गरेका छन् । साथै राजश्व २० प्रतिशत बढाउने लक्ष्यप्रति प्रश्न गर्दै उनले भने, ‘अर्थतन्त्र सात प्रतिशत बढ्दै गर्दा राजश्व वृद्धि २० प्रतिशतभन्दा बढी कसरी बढ्छ ?'

स्रोत व्यवस्थापन र क्षमता अभिवृद्धि गर्ने विषयमा जिज्ञासा राख्दै उनले २० प्रतिशत राजश्व वृद्धि गर्नेगरी कुन तथ्य, तथ्यांक, प्रमाणमा आधारित रहेर बजेटको आकार बढाइएको हो, यसबारे आफूलाई जानकारी गराउन अर्थमन्त्री शर्मासँग माग गरे ।

साथै कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने गरी बजेट ल्याएको अर्थमन्त्री शर्मालाई धन्यवाद पनि दिएका थापाले प्रदेश र स्थानीय तहलाई बजेट विनियोजन गर्दा सम्बन्धित् पक्षसँग संवाद नगरेको पनि असन्तुष्टि व्यक्त गरे ।