२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकीकृत समाजवादीले हटाउने भनेका मन्त्रीलाई काममा फर्कन देउवाको निर्देशन, माधव नेपाल तनावमा !

२०७९, २३ जेष्ठ सोमबार ०८:४०

जेठ २३, काठमाडौं | नेकपा (एकीकृत समाजवादी) ले फिर्ता बोलाउने भनेका मन्त्रीहरुलाई काममा फर्कन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् । हिजोमात्रै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टीको निर्णयअनुसार अहिले भएका मन्त्रीहरु हटाएर नयाँ मन्त्रीहरु बनाउनेगरि नाम लिएर बालुवाटार पुगेका थिए ।

तर, प्रधानमन्त्री देउवा भने माधव नेपालको यस्तो निर्णयबाट असन्तुष्ट सुनिए । उनले हिजै माधव नेपाललाई अहिले मन्त्रीहरु हटाउने काम गर्न नहुने धारणा राखेका थिए । त्यसको भोलिपल्ट आज मन्त्रीहरु नै बालुवाटार पुगेर आफूहरुलाई तत्काल नहटाउन प्रधानमन्त्री देउवासमक्ष आग्रह गरेका थिए । अहिले ती मन्त्रीहरुले पार्टीभित्रै विद्रोहको तयारी थालेका छन् । उनीहरुहरुसहित १८ सांसद एकजुट भएको बुझिएको छ ।


शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्रधानमन्त्री देउवाले आफूहरुलाई काममा फर्कन निर्देशन दिएको सुनाईन् । उनले भनिन्–‘प्रधानमन्त्रीज्यूले बोलाएर हामीलाई काममा फर्कन निर्देशन दिनुभएको छ, हामी काममा फर्किन्छौं । उहाँले बजेट भर्खरै आएको छ, यसबारे उठेका प्रश्नको जवाफ दिनुपर्नेछ, अहिले हटाउने कुरा छैन् भनेर भन्नुभएको छ।’ उनले आफूहरुलाई सरकारबाट फिर्ता बोलाउनेबारे पार्टीले निर्णय गरेपनि अहिलेसम्म जानकारी नभएको बताईन् ।

मन्त्री बनाउँदा माधव नेपालको प्रशंसा गर्नेहरु अहिले मन्त्रीबाट फिर्ता बोलाउँदा फायर

नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी भएका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । तर, सरकारमा भएका ती मन्त्रीहरु भने पार्टी नेतृत्वप्रति असन्तुष्ट छन् । उनीहरु पार्टीको नेतृत्वलाई चूनौति दिँदै अहिले सरकारबाट फिर्ता नहुने पक्षमा उभिएका छन् ।

आज विहानमात्रै उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफूहरुलाई नहटाउन आग्रह गरेका छन् । प्रधानमन्त्री देउवा पनि अहिले मन्त्रीहरु हेरफेर गर्ने पक्षमा देखिएका छैनन् । तर, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले भने तत्काल पार्टीले सिफारिश गरेबमोजिम मन्त्रीहरु हेरफेर नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मको चेतावनी दिएका छन् । प्रधानमन्त्री देउवा पनि अहिले दबाबमा छन् ।

केही मन्त्रीले पार्टीको निर्णय आफूहरुले मान्ने भन्दै सरकारबाट फिर्ता हुन तयार रहेको प्रतिक्रिया दिएका थिए । तर, एक दिन नबित्दै उनीहरु तत्काल सरकारबाट नबाहिरिने पक्षमा पुगेका छन् । उनीहरु अध्यक्ष माधव नेपालसँग आक्रोशित छन् । आफूहरुसँग कुनै सल्लाह नै नगरिकन सरकारबाट फिर्ता बोलाउने निर्णय गरेकोमा उनीहरु नेतृत्वसँग असन्तुष्ट बनेका हुन् । मन्त्री बनाउँदा खुशी भएर अध्यक्ष नेपालको गुणगाण गर्नेहरु अहिले उनै नेपालसँग भने फायर बनेका छन् । उनीहरु उस्तै परे विद्रोह गर्नेसम्मको तयारीमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर