Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

माओवादी अध्यक्ष प्रचण्डले भने– एसपीपी सम्झौता केपी ओली नेतृत्वको सरकारले कार्यान्वयन गरेको हो

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असार २, काठमाडौं | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता सन् २०१९ बाट कार्यान्यनमा आएको बताएका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले उक्त सम्झौता कार्यन्वयनमा ल्याएको दाबी उनले गरे ।

‘कुनै सैन्य सम्झौता हुने छैन, यो घोषणा म गर्न चाहन्छु । प्रधानमन्त्रीजीले  म कुनैपनि हालतमा त्यस्तो खालको सम्झौतामा जान्न भनेर प्रतिवद्धता जनाउनु भएको छ ।

कोही भ्रममा पर्न जरुरी छैन । बरु यो एसपीपी सम्झौता कार्यन्वयन गर्ने काम २०१९ मा केपी ओली नेतृत्वको सरकारले गरेको तथ्य इतिहासमा छ, यो सबैले बुझ्न जरुरी छ,’ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा आयोजि एक कार्यक्रममा बोल्दै प्रचण्डले भने ।

अहिले एसपीपी हुँदैछ रे भनी हल्ला फिजाँइएको उनले बताए । उनले अमेरिकासँग एसपीपी सम्झौता नहुने दाबी समेत गरे ।

‘हिँजोआज एउटा पश्न– एसपीपी हुँदैछ रे, ल सैनिक सम्झौता हुँदैछ रे, भइनै सक्यो रे भन्याजस्तो गरी प्रचार गरिएको छ, जुन विलकुल झुठो हो । म गठबन्धनको एउटा नेताको हैसियतले र प्रधानमन्त्रीसँग र गठबन्धनमा भएको हाम्रो छलफलमा त्यस्तो कुनै सम्झौता नभएको जानकारी गराउन चाहन्छु,’ उनले भने ।

एसपीपी सम्झौता गर्न गठबन्धन नलाग्ने ठोकुवा अध्यष प्रचण्डले गरे । उनले थप स्पष्ट पारे, ‘हामी नेपालको राष्ट्रियता, स्वाधिनता, विकास र समृद्धिको पक्षमा दृढतापूर्वक उभिन्छौं ।