Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

विश्व शान्तिको सन्देश नेपालबाट फैलाउन सकिन्छ: प्रधानमन्त्री

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २१, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वका बौद्ध धर्मावलम्बीलाई मात्रै नेपाल आउने वातावरण सिर्जना गर्न सकियो भने त्यसले आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा चीन बौद्धधर्मावलम्बी सङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले बौद्ध समुदायको ठूलो उपस्थिति नेपालमा गर्न सकियो भने विश्वभर शान्तिको सन्देश प्रवाह गर्नाका साथै नेपालको आर्थिक एवम् पर्यटन क्षेत्रमा ठूलो योगदान पुग्ने बताए ।

प्रधानमन्त्रीले भने– “बुद्धको शिक्षा सार्वभौम छ र यो सर्वकालका लागि मान्य हुन्छ । विश्व शान्ति चाहने सबैका लागि समेत उपयोगी हुन सक्छ । नेपाल बुद्धको भूमि भएकाले पनि शान्तिको सन्देश नेपालबाटै फैलनुपर्छ र फैलन्छ भन्नेमा म पूर्ण रुपमा विश्वस्त छु ।”

प्रधानमन्त्रीले मगध सम्राट् अशोकको भूमिका युद्धबाट फर्केर शान्तिका लागि भए जस्तै आफूले पनि युद्धबाट शान्ति प्रक्रियामा आएको र नेपालमा जन्मेका गौतम बुद्धको सन्देश विश्वभर फैलाउन सकारात्मक योगदान पु¥याउन चाहेको बताए ।

प्रतिनिधिमण्डलले विश्व शान्तिका लागि बुद्ध भूमिलाई सहयोग गर्न आफूहरु तयार रहेको प्रधानमन्त्रीलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । रासस