Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

कर्णालीमा विशेष स्वायत्तक्षेत्र घोषणाको माग

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २२, काठमाडौँ । कर्णाली जनअधिकार मञ्चले कर्णालीलाई विशेष स्वायत्त क्षेत्र घोषणा गर्न माग गरेको छ ।

मङ्गलबार आयोजित पत्रकारसम्मेलनमा मञ्चका अध्यक्ष प्रकाश रोकायले राज्यको पुनःसंरचनासम्बन्धी खाकामा त्यस क्षेत्रलाई अधिकारविहीन बनाइएको बताउँदै कर्णालीमा पर्याप्त सम्भावना रहेको भएपनि त्यहाँको पूर्वाधार तथा विकास निर्माणमा सरकारले आवश्यक लगानी गर्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले ६ नम्बर प्रदेशको प्रदेशसभामा कर्णालीको सुनिश्चित प्रतिनिधित्व उल्लेख नगरिनु र सङ्ख्या पनि कम गरिनाले त्यहाँका जनता अधिकारबाट वञ्चित हुने बताउनुभयो । देशको कुल क्षेत्रफलको १५ प्रतिशत भूगोल ओगटेको कर्णालीका जनतामा देशमा भएका परिवर्तनले कुनै पनि सामाजिक तथा आर्थिक रुपान्तरण हुन नसकेको बताइयो ।

मञ्चले यही भदौभित्र स्थानीय तह पुनःसंरचना आयोगलाई खाकासहितको सचेतपत्र बुझाउने, अन्तरक्रिया गर्ने, व्यवस्थापिका–संसद् तथा निर्वाचन आयोगमा छलफल गर्ने, खबरदारी सभा गर्ने आदि कार्यक्रम सार्वजनिक गरेको छ । रासस