२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

को हुन् श्रममन्त्री कुँवर ? यस्तो छ राजनीतिक यात्रा

२०७९, १३ असार सोमबार ०६:२९

असार १३, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर नियुक्त भएका छन् । एकीकृत समाजवादीको गत २० जेठमा बसको सचिवालय बैठकले कुँवरसहित अन्य चारजनालाई मन्त्रीका लागि सिफारिस गरे पनि झन्डै २४ दिनपछि मन्त्री नियुक्त भएका हुन् ।


विद्यार्थीकालदेखि नै कम्युनिष्ट राजनीतिमा लागेका कुँवरले तत्कालीन माओवादी जनयुद्धमा समेतएमालेलाई जिल्लामा स्थापित गराउन सक्रिय भूमिका निर्वाह गरेका थिए । कुँवरको जन्म अछाम जिल्लाको साबिक पायल गाविस बडा नम्बर ५ मा स्व. कर्णसिंह कुँवर र बसुन्धरा कुँवरको कान्छो सन्तानको रूपमा २०२३ वैशाख २६ गते जन्म भएको हो । यद्यपि उनको नागरिकतामा भने २०२३ भदौ ६ गतेको जन्म मिति उल्लेख रहेको कुँवर बताउँछन् । कुँवर पाँच दाजु र तीन दिदीहरूमध्ये कान्छो सन्तान हुन् ।

सादगीपन र स्वच्छ छवि भएका नेता कुँवर पार्टीभित्र कुशल संगठक मानिन्छन् । २०३९ मा अखिल नेपाल राष्ट्रय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुबाट औपचारिक राजनीतिमा होमिएका उनी हालसम्म निरन्तर कम्युनिष्ट राजनीतिमा सक्रिय छन् । 

नेता कुँवरले पटकपटक पार्टीको जिल्ला तहको नेतृत्व सम्हालेका छन् । उनले २०६२ मा तत्कालीन एमालेको जिल्ला कमिटी सचिव, ०६९ मा एमाले जिल्ला कमिटी अध्यक्ष, २०७६ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाको जिल्ला कमिटी अध्यक्ष, नेकपा विभाजनपछि २०७८ मा एकीकृत समाजवादीको पहिलो जिल्ला कमिटी अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन् । उनी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । नेता कुँवर २०७४ मा एमालेको तर्फबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए । 

हाल उनी एकीकृत समाजवादीको प्रदेश कमिटी उपाध्यक्ष, सुदूरपश्चिम प्रदेश संगठन विभाग प्रमुख एवं केन्द्रीय संगठन विभाग सदस्य हाल श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री हुन् । 

नेता कुँवर विद्यार्थीकालदेखि जुझारु नेता मानिन्छन् । पार्टी संगठनका लागि जस्तोसुकै जोखिम मोल्न पनि तयार रहने नेता कुँवर विभिन्न आन्दोलनका क्रममा गिरफ्तारसमेत परेका थिए । उनी २०४७ को जनआन्दोलनमा काठमाडौंको बग्गीखानामा एक हप्ता जेल परेका थिए । यस्तै २०५१ मा गाउँमा अन्यायका विरुद्ध आवाज उठाउँदा सार्वजनिक मुद्दा लगाइएपछि झण्डै पाँच दिनसम्म उनी थुनामा परेका थिए । 

तत्कालीन माओवादी जनयुद्धका कारण अन्य पार्टीहरू संकटमा परिरहेका बेला नेता कुँवरले अछाममा एमालेको बिउ जोगाएका थिए । सो समयमा अछाम सदरमुकाम मंगलसैनमा रहेर उनले कठिन र जोखिमयुक्त राजनीतिक यात्रा अघि बढाएका थिए । यद्यपि जिल्लामा बसेर पार्टी क्रियाकलापमा सक्रिय भए पनि  जनयुद्धको समयमा समेत कुनै सुरक्षा थ्रेट नआएको उनी बताउँछन् । 

एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।

यसअघि नेकपा एकीकृत समाजवादीका सांसदसमेत रहेका मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाक्री, प्रेम आले र किसान श्रेष्ठले आइतबार नै पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै