पढ्न करिब 1 मिनेट लाग्छ

असार ३१, काठमाडौं | उपसभामुखमा कांग्रेस उम्मेदवार पुष्पा भुसाल निर्वाचित भएपछि एमाले नेता सुवास नेम्वाङले खुसी व्यक्त गरेका छन् ।

शुक्रबार भएको निर्वाचनमा एमाले उम्मेदवार विद्या भट्टराईलाई पराजित गर्दै सत्ता गठबन्धनबाट भुसाल निर्वाचित भएकी थिइन् ।

उनी निर्वाचित भएपछि प्रतिक्रिया दिँदै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले खुसी लागेको बताए । प्रतिनिधि सभाबाट बाहिरिने क्रममा उनले भने 'ढिलै भए पनि छोरी भयो, खुसी लागेको छ ।'

नेम्वाङले अब मंसिरमा हुने निर्वाचन स्वस्थ हुनु पर्ने बताउँदै सबैले आफूलाई समीक्षा गर्नुपर्ने उल्लेख गरे ।