पढ्न करिब 1 मिनेट लाग्छ

साउन ६, काठमाडौँ | कमल थापा नेतृत्वमा रहेको राप्रपा नेपालले काठमाडौं माईतिघर मण्डलामा प्रदर्शन गरेको छ।

महँगी र कालोबजारी नियन्त्रणलगायत माग राखेर अध्यक्ष थापासहित राप्रपा नेपालका नेता तथा कार्यकर्ताहरू सडकमा ओर्लिएका हुन्।

राप्रपा नेपालले धर्म निरपेक्षता र प्रदेश संरचना खारेज गर्न पनि माग गरेको छ।

साथै भ्रष्टाचारको अन्त्य गरि भ्रष्टाचारीलाई कार्वाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने र सनातन हिन्दु राष्ट्र कायम गर्न माग गर्दै माईतिघर मण्डलामा उनीहरुले प्रदर्शन गरेका हुन् ।