Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

नेपाली कांग्रेसका बौद्धिक नेता प्रदीप गिरिको निधन : २ बजे पछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

By साझासवाल

भदौ ५, काठमाडौं | नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा शनिबार राति ९:३० बजे गिरिको निधन भएको हो ।

प्रतिनिधि सभाको सांसद समेत रहेका गिरिलाई घाँटीको क्यान्सर भएपछि केही समयअघि उपचारका लागि भारतको मुम्बई लगिएको थियो । मुम्बईमा क्यान्सरको सफल उपचार गरेर नेपाल फर्किएका गिरिलाई लगत्तै निमोनिया संक्रमण देखिएपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

स्वास्थ्यमा क्रमिक सुधार देखिएको भनिएपनि केही दिनदेखि नेता गिरिको स्वास्थ्य अवस्था नाजुक रहेको खबर बाहिर आएका थिए । उनलाई ३ वर्ष अघि नै क्यान्सरको लक्षण देखिएको बताइएको छ ।

नेता गिरि नेपाली राजनीतिका बौद्धिक नेताका रूपमा परिचित छन्। प्रखर वक्ता एवं समाजवादी चिन्तक समेत मानिने नेता गिरि नेपाली कांग्रेसका प्रभावशाली नेता थिए ।

नेपाली कांग्रेसले एक विज्ञप्ति जारी गर्दै  विहान साढे ११ देखि २ बजेसम्म पार्टी कार्यालय सानेपामा राख्ने र पशुपति आर्यघाटमा अन्त्येष्टि  गरिने जनाएको छ।