भदौ १०, काठमाडौं | काठमाडौं महागरपालिकाको नगर प्रहरीको टोली त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेको छ ।

शुक्रबार दिउँसो नगर प्रहरी, महानगरीय ट्राफिक प्रहरीसँगको सहकार्यमा त्रिपुरेश्वरस्थित राहदानी विभागमा पार्किङका लागि बनाइएको भूमिगत स्थानमा कार्यालय राखिएको भन्दै हटाउन खोजिएको हो।

राहदानी विभागले बनाएको बेसमेन्टलाई ‘वेटिङ रुम’का रुपमा प्रयोग गरिरहेको छ । जुन पार्किङका रुपमा प्रयोग हुनुपर्ने थियो ।

महागरपालिकाले यसअघि ३५ दिने सार्वजनिक सूचना निकालेर यस्ता संरचना हटाउन आग्रह गरेको थियो।

सरकारी भवनमा पनि महानगरको डोजर, राहदानी विभाग पुगे मेयर बालेन
Leave a Comment