Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

संविधान दिवसमा राजावादीले माइतीघरदेखि नयाँश्वरसम्म प्रर्दशन गर्ने

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २७, काठमाडौं । संविधान घोषणा भएको दिन आगामी असोज ३ गते राजावादीहरुले संविधान खारेजीको माग गर्दै प्रर्दशन गर्ने भएका छन् । राष्ट्रिय जनता पार्टी राजावादीले राजसंस्था र हिन्दूराज्यको पुर्नस्थापनाको माग गर्दै प्रर्दशन गर्न लागेको हो ।

राजधानीको संवाद डबलीमा सोमबार पत्रकार सम्मेलन गरी पार्टीका अध्यक्ष किशोरी महतोले अहिलेको संविधान भ्रष्टचार, जातीय तथा धार्मिक असन्तुलनको कारक रहेको भन्दै खारेज गर्नु पर्ने बताए । उनले नेपालमा ९० प्रतिशत जनताले हिन्दू धर्म मान्ने गरेको दाबी गर्दै हिन्दूहरुको मतको आधारमा संविधान लेखिनुपर्ने बताए ।

नयाँ संविधानले सामाजिक सदभाव खल्बलिएको, भ्रष्टचार, कुशासनले व्याप्त रुप लिएको तथा दण्डहीनता बढेको जनाउँदै धर्मनिरपेक्षताले राष्ट्रको पहिचान मेटाएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।

विदेशीको योजना ल्याएको संघीयताले भौगोलिक रुपमा जनताबीच आपसमा द्वेष पैदा गराई गृहयुद्धको चपेटामा धकेल्न काम निकट समयमै हुने भएको उल्लेख गर्दै २०४७ को संविधानलाई कार्यान्वयनमा ल्याउनुको विकल्प नरहेको दाबी विज्ञप्तिमा गरिएको छ ।

विरोध प्रदर्शन संसदभवन नयाँबानेश्वरमा पुगेर सभामा परिणत हुने पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता नवदत्त पन्तले जानकारी दिए । कार्यक्रममा पार्टीका उपाध्यक्ष नेत्र सुब्बा लिम्बू, प्रवक्ता नवदत्त पन्तलगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।