पढ्न करिब 1 मिनेट लाग्छ

भदौ १२, काठमाडौं | राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकतासम्बन्धी विधेयक संसदीय समितिमा छलफलका लागि पठाउने प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदैछ । राष्ट्रिय सभाको आइतबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।

प्रतिनिधिसभाले भदौ २ गतेको बैठकबाट विधेयकलाई जस्ताको तस्तै पारित गरेको थियो । प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको विधेयकको सन्देश राष्ट्रिय सभाको आइतबारको पहिलो बैठकमा वाचन गरिएको थियो ।

आज बस्ने राष्ट्रियसभाको दोश्रो बैठकमा राष्ट्रपतिले भण्डारीले परिमार्जनको सन्देश सहित फिर्ता पठाएको विधेयकलाई राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।