भदौ २८, काठमाडौं । आर्थिक कुटनीतिज्ञहरुले प्रधानमन्त्रीको भारत भ्रमण आर्थिक विषयमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २८, काठमाडौं । आर्थिक कुटनीतिज्ञहरुले प्रधानमन्त्रीको भारत भ्रमण आर्थिक विषयमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् ।
५ माघ २०८१, शनिबार
काठमाडौँ - KTM

भारत भ्रमणलाई आर्थिक विकासको एजेण्डामा केन्द्रित गर्न प्रधानमन्त्रीलाई सुझाव

२८ भाद्र २०७३, मंगलवार ११:४२

भदौ २८, काठमाडौं । आर्थिक कुटनीतिज्ञहरुले प्रधानमन्त्रीको भारत भ्रमण आर्थिक विषयमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रधानमन्त्रीका आर्थिक विकास सल्लाहकार श्रीराम पौडेलले नेपाल–भारत सम्बन्धमा राजनीतिक–आर्थिक सम्बन्ध गाँसिएकोले राजनीतिक सम्बन्ध सुदृढ भए आर्थिक सम्बन्ध आँफै सुदृढ हुने स्पष्ट पारे । उनले प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमण सद्भावको भ्रमण हुने जनाए ।

आयोजित साक्षात्कार कार्यक्रममा उनले प्रधानमन्त्रको भ्रमणमा लगानी भित्र्याउनेबारेमा विशेष कुरा हुने समेत विश्वास व्यक्त गरे । नेपाल–भारत सम्बन्धमा बहुआयामिक पक्ष रहेको उल्लेख गर्दै दुईदेशवीचको हितलाई केन्द्रविन्दुमा राखेर द्धिपक्षीय सम्बन्ध अघि बढ्नेमा आफू विश्वस्त रहेको उनको भनाई थियो ।

भारत नेपालको लागि महत्वपूर्ण ट्रेड पार्टनर भएकोले विगतमा भएका मेगा प्रोजेक्टहरुलाई कार्यान्वयनमा ल्याउनेतर्फ प्रधानमन्त्रीको भारत भ्रमण केन्द्रित हुने पौडेलले जनाए । प्रधानमन्त्रीको भ्रमणमा नाकाहरुमा अब कहिल्यै अवरोध नहुनेवारेमा पनि विशेष कुरा हुने उनको विश्वास थियो ।

पूर्वराजदुत एवम् पराष्ट्रविद डा. शंकर शर्माले प्रधानमन्त्रीको भारत भ्रमणमा पेन्डिंग प्रोजेक्टहरुलाई कार्यान्वयन गर्नेबारेमा भ्रमणको एजेण्डा केन्द्रित हुनुपर्नेमा जोड दिए । शर्माले भने,‘परियोजनाहरुको कार्यान्वयनमा ढिलाई भैरहेको छ, हामीले त्यसतर्फ ध्यान दिनुपर्छ ।’

भारतीय लगानी भित्र्याउनको लागि पनि नेपालले होमवर्क गर्नुपर्नेमा जोड दिँदै शर्माले भने,‘लगानी र व्यापारको विशेष सम्बन्ध हुन्छ, त्यसैले हामीले लगानी भित्र्याउनेबारेमा पनि ध्यान दिनुपर्छ ।’ उनले आयात र निर्यातमा पनि नेपालले ध्यान दिनुपर्ने सुझाव दिए ।

भारतले दिएको सफ्ट लोनको समेत नेपालले सही सदुपयोग गर्न नसकेको भन्दै त्यसको सदुपयोगको लागि पनि नेपालले तयारी गर्नुपर्ने शर्माको सुझाव थियो । उनले अघि थपे,‘सफ्ट लोनलाई हामीले सदुपयोग गर्नुपर्छ, कुन परियोजनामा खर्च गर्ने हो, त्यसबारेमा होमवर्क गर्नुपर्छ ।’

आर्थिक कुटनीतिज्ञ डा. विश्वम्भर प्याकुरेलले प्रधानमन्त्रीको भारत भ्रमणमा पेण्डिँग प्राजेक्टहरुलाई अघि बढाउनुपर्नेमा जोड दिए । उनले दुईपक्षीय सम्बन्धलाई आर्थिक विकासको साझेदारीमार्फत अघि बढाउनुपर्ने धारणा राखे ।

भारतसँग नेपालको ठूलो व्यापार घाटा रहेकोले त्यसलाई कम गर्नेतर्फ समेत प्रधानमन्त्रीले आफ्नो भ्रमणमा विशेष कुरा गर्नुपर्ने बताए । उनले द्धिपक्षीय व्यापार सन्धिसम्झौताहरुको समयावधि सकिन लागेको तर्फ संकेत गर्दै त्यसतर्फ समेत ध्यान दिनुपर्ने बताए ।

भारतका लागि पूर्वराजदुत डा. दुर्गेशमान सिंहले प्रधानमन्त्रीको भारत भ्रमणमा आर्थिक साझेदारी, कनेक्टिभीटी, हाईड्रोपावर लगायतका विषयलाई जोड दिनुपर्ने बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमण गरेसँगै दुईदेशवीचको सम्बन्ध राजनीतिक तहबाट अघि बढेको समेत उल्लेख गर्दै थपे,‘हामीले यसबाट फाईदा उठाउनुपर्छ ।’

उनले भारतीय लगानी वृद्धि नभएसम्म भारतसँगको व्यापार घाटा कम नहुने समेत दाबी गरे । उनले थपे,‘भारतीय लगानी वृद्धि गरेपछि मात्रै व्यापार घाटा कम हुन्छ, त्यतातिर हामीले ध्यान दिनुपर्छ ।’अर्का पराष्ट्रविद डा. निश्चलनाथ पाण्डेले प्रधानमन्त्रीको भारत भ्रमण अघिल्लो वर्ष बिग्रिएको नेपाल–भारत सम्बन्ध सुधार गर्ने अवसरको रुपमा रहेको चित्रण गरे ।

पाण्डेले प्रधानमन्त्री दाहालको भारत भ्रमणको केही एजेण्डाहरु भने उदेकलाग्दो रहेको टिप्पणी गरे । प्रधानमन्त्रीले भारतको हिमाञ्चल प्रदेशमा जलविद्युतको विकास हेर्न जाने कुरा नेपालको लागि नौलो नभएको उनको टिप्पणी थियो ।

उनले प्रस्ट्याए,‘जलविद्युतमा हामीसँग १०० वर्षको ईतिहाँस छ, प्रधानमन्त्रीले किन त्यहाँ जानुपर्यो ?’उनले भ्रमणको एजेण्डा तय गर्नेहरुले नै गल्ती गरेको गुनासो पोखे । पाण्डेले प्रधानमन्त्रीलाई भ्रमणमा कनेक्टिभीटिमा जोड दिन आग्रह गरे ।

पाण्डेले विदेशी लगानी भित्र्याउनको लागि राजनीतिक स्थायित्व, सुदृढ कर्माचारीतन्त्रमा जोड दिनुपर्ने सुझाव दिए ।प्रधानमन्त्री दाहालले भारत जानु अघि नै मधेशी मोर्चाको मुद्दा सम्बोधन गर्नुपर्ने उनको सुझाव थियो ।

उनले अघि थपे,‘जायज मुद्दाहरु संविधान संशोधनमार्फत सम्बोधन गर्नुपर्छ, प्रधानमन्त्रीको भारत भ्रमण लगत्तै लगातार भ्रमणका कार्यक्रमहरु छन्, त्यसपछि दशैं तिहार छ, यो मुद्दा नै ओझेलमा पर्छ, मोर्चाले समर्थन फिर्ता लियो भने सरकार दुर्घटनामा पर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रााष्ट्रपति ट्रम्पको शपथ समारोहमा सहभागी हुन ढकाल अमेरिका प्रस्थान आगामी स्थानीय तहको निर्वाचनमा २५० पालिका जित्छौं : अध्यक्ष प्रचण्ड इरानमा आक्रमणकारीले सर्वोच्च अदालतका २ न्यायाधीशको गोली हानी गरे हत्या नयाँ दलहरु अरुलाई देखाएर भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगे: राजेन्द्र लिङ्देन यू-१९ टी-२० महिला विश्वकप: पहिलो खेलमा नेपाल बङ्गलादेशविरुद्ध पराजित ज्येष्ठ नागरिकलाई अध्यक्ष प्रचण्डको सम्मान यु-१९ महिला विश्वकप : नेपालले बंगलादेशलाई दियो ५३ रनको लक्ष्य नक्साल क्षेत्र पर्यटकीय गन्तव्य बोकेको क्षेत्र होः गगन थापा योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछ : डा रामवरण यादव हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु अध्यक्ष प्रचण्डले लिए भक्काको स्वाद मुकुललाई पार्टीमा ल्याउनुपर्ने माग राख्ने रास्वपाका कोशी प्रदेश सभापति निलम्बित इजरायली क्याबिनेट गर्‍यो गजामा युद्ध विरामको स्वीकृत आज मधेश सरकारले बलिदानी दिवस मनाउँदै आजदेखि यु–१९ महिला विश्वकप सुरु : पहिलो खेल नेपालले आज बंगलादेशसँग खेल्दै आज यस्तो छ, विदेशी मुद्राको विनिमय दर आज काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन आज देशभरको मौसम मुख्यतया सफा रहने रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दा दर्ता गर्ने तयारी हालान्डले सिटीसँग गरे १० वर्ष लामो सम्झौता