Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

प्रधानमन्त्रीको भारत भ्रमणलाई आशङ्का गर्नुहुँदैन: कर्ण

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ २८, भक्तपुर । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले प्रधानमन्त्री पुष्पकमल दाहालले गर्न लागेको भारत भ्रमणलाई आशङ्का गर्न नहुने बताएका छन् ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीको भारत भ्रमण नेपाल र नेपालीको अहितमा नहुने गरे । उनले संविधानलाई सबैको मान्य बनाउन संविधान संशोधन गर्नै पर्ने बताउँदै देशका सबै पार्टी, वर्ग, जातजाति, लिङ्ग, समुदायले मान्न नसक्ने संविधान नटिक्ने बताए ।

सहअध्यक्ष कर्णले भने– “२०४७ सालको संविधान दश वर्ष पनि टिकेन, सबैलाई मान्य हुने गरी संशोधन हुन नसके यो संविधान पनि टिक्दैन ।” अङ्गीकृत नागरिकताको पक्षमा आफूहरु नरहेको तर वैवाहिक अङ्गीकृत नागरिकताको पाउने महिलाले आफ्नो क्षमताअनुसार राज्यको सबै निकायमा प्रवेश पाउनु पर्ने माग भने रहेको जिकिर गरे ।

नेता कर्णले मधेसको माग पूरा नगरी तोकिएको समयमा निर्वाचन गर्छौं भन्नु गलत भएको टिप्पणी गर्दै सस्तो लोकप्रियताका लागि ठूला दलहरु लागेको आरोप लगाए । सीमाङ्कन विवाद समाधान नमिलाई निर्वाचन असम्भव भएको उनको भनाइ थियो ।

भारतको विरोध गर्दैमा राष्ट्रवाद भइन्छ भन्ने भ्रम धेरै नेतामा परेको टिप्पणी गर्दै उनले भारतको विषयमा बोले राष्ट्रघाती र चीनको समर्थन गरे राष्ट्रवादी होइन्छ भन्ने कसैले भ्रम राख्न नहुने बताए । रासस