Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 27, 2022 राजनीति

समानुपातिक बन्दसूचीमा भएका त्रुटिहरु परिमार्जन गरिनेछ : कांग्रेस

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज ११, काठमाडौं | नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा भएका त्रुटिलाई परिमार्जन गर्ने जनाएको छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचन आयोगले दिएको समावधिभित्र समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीको त्रुटि सच्याउने बताएका हुन् ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची गत २ र ३ असोजमा कांग्रेससहितका दलहरुले निर्वाचन आयोगमा बुझाएका छन् । उक्त सूचीमा भएका त्रुटि सच्याउन आयोगले १६ असोजसम्म समय दिएको छ ।

उक्त समयभित्र सच्याउने प्रवक्ता महतले बताए । ‘निर्वाचन आयोगमा प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची पेस गर्ने कार्य सम्पन्न गरिसकेको छ । समानुपातिक बन्द सूचीमा भएका त्रुटिहरु परिमार्जन निर्वाचन आयोगले दिएको समयसीमा भित्र गरिनेछ,’ पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।