Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

देशको विकास गर्न गगनको नेतृत्व आवश्यक छ : स्वर्णिम वाग्ले

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक ६, काठमाडौँ | अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगन थापा प्रधानमन्त्री बन्नुपर्ने बताएका छन् ।

वाग्लेले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गगन थापा देशको प्रधानमन्त्री चाँडै नै बन्नुपर्ने बताए ।  ‘गगन थापा मेरो साथी मात्र होइनन्, उनी मेरो नेता पनि हुन्,’ वाग्लेले भने, ‘उहाँ यो देशको प्रधानमन्त्री चाँडै नै बन्नुपर्छ भन्ने मत राख्ने मान्छे हुँ।’

उनले काठमाडौं क्षेत्र नम्बर चारसँगै सिंगो देशको विकास गर्न गगनको नेतृत्व आवश्यक रहेको बताए । 'उहाँको प्रस्तुति तयारीसहितको तथ्यमा टेकेर विज्ञहरूको कुरा सुनेर हुन्छ । गएको संसद्मा पनि गगन थापा र मीनेन्द्र रिजालको मात्र उपस्थित बलियो थियो,' उनले भने ।

विगतमा ओलीको दुईतिहाइ सरकारलाई उत्तरदायी बनाउने काम थापाबाट मात्र भएको वाग्लेको भनाइ छ । 'ओलीको दुईतिहाइ सरकारलाई अलिकति भए पनि उत्तरदायी बनाउने काम उहाँबाट भएकै हो । कोभिडको समयमा सरकारसँग मिलेर काम गर्न चाहेको, स्वास्थ्य बिमाका विषयको विषय उदाहरण हुन् ।'